फेरि उच्च दरले घट्याे सुनकाे मूल्य-Sutra News

फेरि उच्च दरले घट्याे सुनकाे मूल्य

मंगलबार, २७ कार्तिक २०८१

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी महासंघका अनुसार मूल्य घटेसँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार छ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यलाई पछ्याउँदै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २६ सय १८ अमेरिकी डलर कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटेको हो ।

विशेषगरी अमेरिकी राष्ट्रपतीय चुनावको संघारमा आकासिएको सुनको मूल्य नतिजा आएसँगै घट्न थालेको थियो । जसको निरन्तरता कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट