बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताएका छन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिएका हुन् । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।
विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएको बताउँदै डा. महत नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्छन् ।