सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई कास्कीबाट रुपन्देही लगियो-Sutra News

सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई कास्कीबाट रुपन्देही लगियो

मंगलबार, २७ कार्तिक २०८१

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सवार विमान रुपन्देही उडेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उनलाई कास्की प्रहरी हिरासतबाट रुपन्देही लगिएको हो ।



पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत सभापति लामिछानेलाई रुपन्देही लगिएको जानकारी दिएकी हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका गत कार्तिक ३ गतेदेखि प्रहरी हिरासतमा रहँदै आएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएसँगै बयानका लागि उनलाई रुपन्देही लगिएको हो ।

मंगलबार बिहान ७ बजे जहाज उड्ने तय भए पनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो । उनलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट