काठमाडौँ । दुर्घटनामा परी घाइते भएका बिरामीलाई बोकेर गएको एम्बुलेन्स दुर्घटना भएको छ । सोमबार जाजरकोटमा भएको गाडी दुर्घटनामा परी घाइते भएका व्यक्तिलाई लगेको एम्बुलेन्स दुर्घटना भएको हो ।
घाइते बोकेर गएको भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई नेपालगञ्ज पुर्याएर फर्किने क्रममा अनियन्त्रित भई एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका ७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका ७, का २५ वर्षीय विराजन शाही छन् ।
उनीहरूको भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो ।