काठमाडौँ । यूएईमा जारी आईसीसी यू १९ महिला टी २० विश्वकप छनोटअन्तर्गत आजको खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले सानदार जित निकालेको हो ।
नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ४८ रनमै रनमा अलआउट भएको हो । कुवेतलाई सस्तैमा समेट्न कप्तान महतोले चार ओभरमा जम्मा ८ रन दिएर पाँच विकेट लिइन् ।
यस्तै, नेपालकी रचना कुमारी र सीमाना केसीले दुई-दुई विकेट लिइन् । कुवेतकी जीफा जिलानीले ३६ रन बनाइन् । उनीबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो । यसका लागि कप्तान महतोले ६९ बलमा १७ चौका मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । सावित्रि धामी ११ र सान प्रविनले ६ रन बनाए ।
कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक–एक विकेट लिए । यसअघि चार खेल जितेको नेपाल यूएईसँग पराजित भएको थियो ।