तेस्रो दिन किन घट्यो नेप्से ?-Sutra News

तेस्रो दिन किन घट्यो नेप्से ?

मंगलबार, २७ कार्तिक २०८१

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौं । दुई दिनको लगातार बृद्धिपछि साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । मंगलबार ११.२४ अंकले घट्दै नेप्से २७४८.९६ को बिन्दुमा ओर्लिएको छ ।



परिसूचक घट्दै गर्दा मंगलबार कारोबार रकम पनि घट्यो । एक करोड ६७ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८५ करोड ५९ लाख रुपैयाँमा सीमित भयो ।

यसअघि आइतबार १० अर्बमाथिको कारोबार भएको नेप्सेमा सोमबार ११ अर्बमाथिको कारोबार भएको थियो ।

दोहोरो अंकले नेप्से घट्दै गर्दा आज अधिकांश समूहको सूचकमा गिरावट आयो । १३ समूहमध्ये फाइनान्स, निर्जिवन बीमा र व्यापारको सूचक बढ्दा बाँकी सबै समूहको सूचक घटे । मंगलबार सबैभन्दा बढी अन्यको सूचक १.१८ प्रतिशतले बढ्यो ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये ८० को मूल्य बढ्यो भने १५७ को मूल्य घट्यो । ७ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

दोहोरो अंकले परिसूचक घटेपनि चार कम्पनीको मूल्य भने सकारात्मक सर्किट लेबलमा बढ्यो ।

आज कारोबार रकमका आधारमा गुडविल फाइनान्स, वेस्ट फाइनान्स, अनु खोलालगायत शीर्ष स्थानमा रहे । गुडविल फाइनान्सको मात्रै २९ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भयो ।

छठ बिदापछि सेयर बजार लगातार दुई दिन बढेको थियो । उच्च अंकले नेप्से बढ्दै गर्दा कारोबार रकम पनि उत्साहपूर्णरुपमा बढेको थियो ।

मंगलबारको गिरावटलाई करेक्सनको रुपमा लिन सकिन्छ । दुई दिनको बृद्धिमा लाभ उठाउनेहरु सक्रिय हुँदा नेप्से घटेको बजारका जानकारहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट