काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषयसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकको कर्मचारीहरूको उपस्थितीमा कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो ।
प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको छ । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।
बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै छ ।