नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड-Sutra News

नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडाैं । नबिल बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिललाई सम्मान गरेको हो ।



दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट