काठमाडाैं । चलचित्र ‘ए मेरो हजुर ५’का सबैजसो सिरिजहरू निकै सफल भए । चौथौँ सिरिजसम्म आइपुग्दा फिल्मले दर्शककाे राम्राे साथ बटुल्याे भने कमाइ पनि राम्राे गर्याे । चाैथाे सिरिजसम्म साथ दिएका दर्शक यतिखेर पाँचाैं सिरिज कहिले आउला भन्ने प्रतिक्षामा छन् ।
केही समय अगाडिसम्म फिल्म निर्माण पक्षले पाँचाैं सिरिज निर्माणकाे चर्चा चलाएकाे थियाे । आउँदो नयाँ वर्षमा फिल्म रिलिज गर्ने तयारी रहेकाे निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले बताएका थिए । तर, समयसँगै उक्त तयारी सेलाएकाे देखिन्छ ।
एकाएक कस्सिएकाे निर्माण टिम किन सेलायाे त ? बताइएअनुसार फिल्ममा मुख्य राेल कसलाई दिने भन्ने अन्याेल निर्माण पक्षमा सिर्जना भएकाे छ ।
पछिल्लाे माहाेल र अवस्था हेरी निर्माण पक्षले अनमाेल केसीकाे विकल्प कसलाई बनाउने भन्ने निर्णयमा पुग्न नसक्दा समस्या भएकाे हाे ।
फिल्मको विगतका तिन र चार सिरिजमा अभिनेता अनमोल केसिलाई राखिएको थियो । तर यस पटक भने अनमोललाई हटाएर अरूकाे विकल्प खाेज्नमा निर्माण टिम देखिन्छ ।
बुझिएअनुसार ‘१२ गाउँ’काे उच्च सफलतापछि सुनिल र झरना समीर भट्टलाई जाेड्न चाहन्छन् । जसकाे लागि भट्टलाई अफरसमेत गरिएकाे कुरा बाहिर आएकाे छ ।
यद्दपि, निर्णय नभइसकेकाे कारण फिल्म निर्माण नै अलमलमा परेकाे बुझिन्छ । केही दिनअघि मिडियाले समीरलाई यो विषयमा कुरा गर्दा उनले भने सिधै नकारेका थिए । उनले होइन भन्ने जवाफ दिँदै यी सबै चर्चाहरु हल्ला मात्र भएको बताएका थिए ।
आफ्नी छोरी सुहाना थापासँग जाेडी खाजेका सुनिल र झरनाले पाउलान् त समिरकाे साथ ?