काठमाडौँ । आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सहभागी हुने उम्मेदवारको उम्मेदवारीको दर्ता पत्रमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समितिको बैठकले टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिने निर्णय गरेको हो ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुगेपछि रास्वपाले कार्यवाहक सभापति तोक्न सकेको छैन ।