किन आंशिक बन्द हुँदैछ नागढुंगा सडक ?-Sutra News

किन आंशिक बन्द हुँदैछ नागढुंगा सडक ?

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । नागढुंगा सडक आंशिक बन्द हुने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक विज्ञप्ति जारी गर्दै बिहीबार (२९ कात्तिकदेखि ५ मंसिर)देखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक बन्द हुने जनाएको हो ।



सुरुङ मार्गको पश्चिमी पोर्टलअन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक रुपमा बन्द हुने भएको हो । यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ ।

सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेकाले राजमार्ग बन्द हुने भएको हो । यस अवधिमा सवारी साधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाको अनुरोध छ । ओभरटेक गरेमा कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट