यु-१९ महिला टि-२० विश्वकप छनोटमा नेपालले पायो ८४ रनको लक्ष्य-Sutra News

यु-१९ महिला टि-२० विश्वकप छनोटमा नेपालले पायो ८४ रनको लक्ष्य

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । युएईमा जारी आईसीसी यु-१९ महिला टि २० विश्वकपको एसिया छनोटमा नेपालले ८४ रनको लक्ष्य पाएको छ । आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग भिड्दै छ ।



युएईको अजमानस्थित द सेभेन रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको हो ।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाउँदा ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले चार ओभरमा १७ रन दिएर चार विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

एसिया छनोटमा नेपालको यो छैठौँ खेल हो । एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ । पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ । एक खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट