यूएईलाई हराउँदै नेपाल महिला टि-२० विश्वकपमा छनोट-Sutra News

यूएईलाई हराउँदै नेपाल महिला टि-२० विश्वकपमा छनोट

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । आईसीसी यु १९ महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपाल चयन भएको छ । आफ्नो अन्तिम खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपालले जित दर्ता गरेको हो ।



यूएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १४.३ ओभर खेल्दै जित निकालेको हो । यूएईको अजमानस्थित द सेभेन रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । उनले ४१ बल खेल्दै सर्वाधिक रन बनाएकी हुन् । यस्तै, सोनी पार्खिनले १७ रनमा नटआउट भइन् । यसैगरी पूजा महतोले १७ बलमा चार चौका प्रहार गरी २१ रन बनाएकी थिइन् ।

यस्तै, यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाउँदा ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि कृष्मा गुरुङले चार ओभरमा १७ रन दिएर चार विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट