बंगलादेशमा आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद-Sutra News

बंगलादेशमा आन्दोलनका क्रममा लुटिएका छ हजार बन्दुक बरामद

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । बंगलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बंगलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गर्दा छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।



विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालिन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत पुगेकी थिइन् । उनले पदबाट राजीनामा दिएपछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराएका थिए ।

आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए । सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो ।

कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट