सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति गुरुङसँग लिइयो बयान-Sutra News

सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति गुरुङसँग लिइयो बयान

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।



बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसँग बयान लिएको हो । करिब चार घण्टासम्म उनीसँग बयान लिइएको हो ।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा मुछिएका थिए । ज्योती उक्त सहकारीको सञ्चालक थिइन् ।

सहकारीको रकम हिनामिना गरेका उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । तर, उनले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि भूमिकालाई शंकास्पद मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट