आज वृष, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज वृष, सिंह र बृश्चिक राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक २९ गते बिहीबार । सन् २०२४ नोभेम्बर १४ तारिख । नेपाल सम्बत ११४५ कछलाथ्व, कार्तिक शुक्ल त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन सामान्य उपलब्धिको लागि पनि ज्यादा नै परिश्रम लगाउनुपर्ने अवस्था आउन सक्छ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित धन तत्काल खर्च हुने सम्भावना छ । स्वास्थ्यगत दृष्टिले आज आफू केही कमजोर भएको अनुभूति हुनेछ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । विशेष कार्य गर्नुछ भने परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद आमोदप्रमोदमको भाव पैदा हुनेछ ।

बृष

प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । तथापि, विगतका निर्णयले काम बिग्रने र बेसुरमा वचन दिने बानीले दुःख मिल्न सक्ने हुँदा सचेतनाका साथ कर्म गर्नुहोला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । विवेक प्रयोग गरेर व्यवहार गर्नु हितकर हुनेछ । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

विभिन्न सहयोग र उपहार मिल्नुका साथै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । कृषि कार्यबाट सामान्य तर व्यापारमा राम्रै लाभ हुने देखिन्छ । कुनै विशेष कार्य गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ, तर गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । बौद्धिकता तथा रचनात्मकताले समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउला । तर, प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले सजगताको दरकार छ । समयमा होश नपुग्नाले खर्चको अवस्था आउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद, भ्रमण जस्ता विषयमा मन जाने देखिन्छ ।

सिंह

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको सम्भावना देखिन्छ । आजको दिन शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ, ख्याल राख्नुहोला । परिवारजनमा खटपट तथा आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर होला । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई विशेष फाइदा प्राप्त हुने देखिन्छ । मित्रजनको साथ मिल्नेछ ।

कन्या

सामान्य उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । श्रमको उचित मूल्यांकन भने हुने देखिन्छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । साहस वा पराक्रममा कमी आउनेछैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला

लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । सहयोगीहरूले पनि खासै साथ नदिन सक्छन् । स्वादिष्ट भोजनको आनन्द भने जुर्नेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्न सक्छ, सचेत रहनुहोला । काम बिग्रने भयले सताउला । साहसिक काममा आकर्षण बढ्नेछ तर आजको प्रयत्न निष्फल जस्तै हुनसक्ने योग रहेकोले महत्वपूर्ण कार्य थाती राख्नु उचित हुनेछ ।

बृश्चिक

व्यस्तता बढ्ने छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचक पक्ष सक्रिय हुनसक्ने र मानसम्मानमा आघात पुग्ने योग पनि छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । पठनपाठन कार्यमा त्यति समय दिन नसकिएला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु

आजको दिन यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम पनि बन्ने छ । रसरागको भाव जागृत होला ।

मकर

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि ठिकै छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण रहला ।

कुम्भ

समय मिश्रित फलदायी रहला । सफलताका लागि प्रतिस्पर्धा गर्नु पर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

आजको दिन प्रतिष्ठित काम गर्ने अवसर जुर्न सक्छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउने छ । सन्तान तथा मातृशक्तिको सल्लाह–सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । साझेदारीको काम बन्ने छ । खर्च भने केही वृद्धि हुन सक्छ । समस्याको समाधान मिल्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट