पेट्रोलियम पदार्थको खोजी- ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो-Sutra News

पेट्रोलियम पदार्थको खोजी- ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका १ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ ।



चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नु पर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि मात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ ।

महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् । यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट