काठमाडौं। निरन्तर उकालो लागिरहेको सुनको मूल्य पछिल्ला दिनहरुमा ओरालो लागिरहेको छ । आज एकै दिन २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको छ । बुधबार एक लाख ६२ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार एक हजार ९०५ रुपैयाँ कायम भएको हो ।