काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले एक दिनका लागि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने भएको छ । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) बिजुली निर्यात गरिने भएको छ ।
गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।
योसँगै कात्तिक ३० गते एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता छ ।
अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।