काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको गरिन ।
आज शिक्षा परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा परिषद् बैठकको अध्यक्षता गर्दै उनले शैक्षिक उपलब्धिमा सुधार गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकि हुन् ।
मन्त्री भट्टराईले प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमतिपत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि ब्यक्त गर्दै जनसेवामा समर्पित भएर काम हुन कर्मचारीलाई आग्रहसमेत गरिन्। एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक एवं चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब समेत दिइन् ।
निरीक्षणका क्रममा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकि थिइन् ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग अन्तरक्रिया एवं अनुगमनमा मन्त्री भट्टराईले भनिन्, “अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्नुस् पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”
प्रतिक्रिया दिनुहोस्