नेपाल चिनाउने दुई स्याटेलाइट प्रक्षेपणको तयारी, अब इतिहास अन्तरिक्षमा !-Sutra News

नेपाल चिनाउने दुई स्याटेलाइट प्रक्षेपणको तयारी, अब इतिहास अन्तरिक्षमा !

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौं। प्रविधिमा फड्को मार्दै गरेको नेपालले डाँफे र मुनाल नाम दिइएका दुई स्याटेलाइट प्रक्षेपणको तयारी गरेको छ । दुई नेपाली भूउपग्रह फेब्रुअरीभित्र प्रक्षेपण गर्ने तयारी भइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।



भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्‍याइने छ । यससंगै नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहास लगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् ।

बिहीबारदेखि काठमाडौंमा आयोजित दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४ मा नास्टका सचिव रवीन्द्रप्रसाद ढकालले दुई स्याटेलाइट तयारी अवस्थामा रहेको बताएका हुन् । उनले ती स्याटेलाइट प्रक्षेपणका निम्ति भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)सँग कुराकानी भइरहेको जानकारी गराए ।

ढकालका अनुसार, ईसरोसँग कुरा गरेर सम्भवतः डिसेम्बर नभए फेब्रुअरीभित्र स्याटेलाइट लन्च गर्ने अवस्थामा रहेको छ । नेपालले यसअघि प्रक्षेपण गरेको न्यानो स्याटेलाइटले दुई वर्षभन्दा बढी समय पृथ्वीको परिक्रमा गरेर विलीन भएको उनले बताए ।

अब अन्तरिक्षमा दर्जनौँ स्याटेलाइटको ‘कन्स्टिलेसन’ राखेर विभिन्न सूचना पृथ्वीमा आदानप्रदान गर्ने गरी काम गर्ने नास्टको लक्ष्य रहेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट