बुटवलमा अझै सकिएन रवि लामिछानेको बयान-Sutra News

बुटवलमा अझै सकिएन रवि लामिछानेको बयान

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान जारी छ । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँग तेस्रो दिन पनि बयान लिएको हो ।



जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनीसँग बिहान साढे १० बजेदेखि बयान लिन सुरु गरिएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा उनलाई मंगलबार कास्कीबाट रुपन्देही लगिएको थियो ।

यसअघि उनी पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्कीको प्रहरी हिरासतमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट