सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु-Sutra News

सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालत नजिकै बुधबार ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।



जी-२० शिखर सम्मेलनको तयारी भइरहेको समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो । ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो ।

“अदालत नजिकैको कारमा विस्फोट भएको र केही सेकेण्डपछि उक्त व्यक्ति बाहिर निस्केको देखिएको थियो,’ उनले भने, “आक्रमणकारी कारमा बसेर संघीय सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएका थिए, पछि प्रवेशद्वारमा विस्फोट भएको थियो ।”

संघीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको अनुसन्धानका लागि प्रहरी अनुसन्धान सुरु गरिने छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी २० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीले देशमा सुरक्षा व्यवस्था कडा पारिसकिएको बताएका छन् ।

राष्ट्रपति सी बुधबार ब्राजिलियाको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै बुधबारको सत्रको अन्त्यमा दुई वटा विष्फोट भएको र न्यायाधीशलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट