काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा तीन दिनको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको जनाएका छन् । उनलाई आजै पोखरा पठाइने भएको छ ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेका लामिछानेलाई सोही दिन कास्की पठाइएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता रहेको आरोप छ । त्यस्तै, बुटवलको सुप्रिम सहकारी ठगीमा पनि उनको संलग्नताको आरोप लागेको छ । उनलाई मंगलबार रूपन्देही लगिएको थियो ।