गौतमबुद्ध विमानस्थलमा एकै दिन चार अन्तर्राष्ट्रिय उडान, व्यवसायी उत्साहित-Sutra News

गौतमबुद्ध विमानस्थलमा एकै दिन चार अन्तर्राष्ट्रिय उडान, व्यवसायी उत्साहित

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बढेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।



आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।

बाक्लो हुस्सुका कारण थाई एअर एशियाको जहाज भने कपिलवस्तुको आकाशमा १५ फन्का लगाउन बाध्य भएको थियो । जजिरा एअर भैरहवाबाट सिधै कुवेत उडेको छ भने बाँकी जहाज तालिका अनुसार काठमाण्डौ हुँदै यात्रु लिएर गन्तव्यतर्फ गएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेसंगै उद्योगी व्यवसायीहरु उत्साहित छन् ।

विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भए पनि राहत हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट