रवि लामिछानेबारे केपी ओलीले भने- रवि बाबु ‘जब लेस’ भएर म कहाँ आउनु भो-Sutra News

रवि लामिछानेबारे केपी ओलीले भने- रवि बाबु ‘जब लेस’ भएर म कहाँ आउनु भो

बिहिबार, २९ कार्तिक २०८१

बिहिबार, २९ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘जब लेस’ (बेरोजगार) हुँदा आफूहरूबीच पहिलो पटक भेट भएको बताएका छन् ।



‘कान्तिपुर कन्क्लेभ’मा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई गरिखान सहयोग गरिदिनु भन्दै रवि भेट्न आएको बताए ।

कान्तिपुर पत्रिकाका प्रधानसम्पाक उमेश चौहानले सोधेको प्रश्न उनले भने, ‘रवि बाबु ‘जब लेस’ भएर हिँडिरहेको बेला मकहाँ आउनु भो, मलाई कुनै जब दिनु पर्यो म अफ्ठ्योरोमा छु, मैले के जानेको छ भनेर सोधे, उनले मसँग बोल्ने कला छ भने, मैले पनि कला होला भनेर बाबुकै लागि एउटा एनटिभीमा एउटा प्रोग्राम राख्छु, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’, त्यसको पैसा एनटिभीलाई दिनु पर्दैन, विज्ञापन उठाएर दिनु पर्दैन, म हटेपछि प्रचण्ड प्रधानमन्त्री बनेपछि हटाइदिनु भो, त्यसपछि अर्को टिभीमा गएर उठेर मच्चेर बोल्ने कला देखाउनु भो ।’

यस्तै, उनले रवि लामिछानेले सहकारीको यति धेरै रकम हिनामिना गरेको बारेमा आफूले कहिले विश्वास नलिएको बताए । उनले थपे, ‘पछि रविले पार्टी खोल्छु भन्नु भो, खोल बाबु भनेँ, रविले सहकारीमा यत्रो गरेको भन्ने कुरा मलाई विश्वास लागेन, तीन पटक वासिङ मेसिनमा धोएको जस्तो कुरा गर्नु भो, समिति बन्ने कुरा भयो, रवि आफैले छानविन समिति बनाइयोस् भन्नु भो, प्रचण्ड जीले पनि समिति बनाउने भन्नु भो, म सहमति थिइनँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो कारण रास्वपा सभापति लामिछानेमाथि कारबाही हुने खोजेको नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट