घट्यो बैंकको ब्याजदर, कुनको कति भयो ?(सूचीसहित)-Sutra News

घट्यो बैंकको ब्याजदर, कुनको कति भयो ?(सूचीसहित)

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौं। पछिल्ला महिनाहरुमा लगातार ब्याजदर घटाएका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि घटाएका छन् ।



कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो । मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ । २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ ।

२० वाणिज्य बैंकमध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन् । आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा ०.२० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । यो बैंकले ब्याजदर एक प्रतिशत विन्दुले घटाएको छ । माछापुच्छ्रेले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिएको थियो । मंसिरमा ६ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तो छ मंसिरका निम्ति ब्याजदर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट