काठमाडौं। बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ । शुक्रबार सुनको मूल्यमा १०० रुपैयाँले सुधार आएको हो ।
यस अनुसार छापावाल सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । यो सँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो ।