काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । सुप्रिम सहकारीको बचत हिनामिना गरेको आरोपमा उनलाई रुपन्देही लगिएको हो ।
गत मंगलबार रुपन्देही लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्य दर्शन सहकारीको बचत हिनामिना गरेको आरोपमा यसअघि कास्कीमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।
रुपन्देहीमा तीन दिनसम्म उनीसँग सोधपुछ भएपछि शुक्रबार भैरहवाबाट पोखरा लगिएको हो । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई यति एअरको विमानमार्फत पोखरा लगिएको हो ।