काठमाडौँमा बसले ठक्कर दिँदा मोटरसाइक चालकको मृत्यु-Sutra News

काठमाडौँमा बसले ठक्कर दिँदा मोटरसाइक चालकको मृत्यु

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौँ। काठमाडौँ महानगर १६ गंगाहल नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र. ०२-००१ ख १३३० नम्बरको बसले प्रदेश ३-०२-००७ प ७६१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।



दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ महानगर १६ माछापोखरी बस्ने १८ वर्षीय युनिक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको हेम्स अस्पताल धुम्बाराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट