काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्ति सजक हुनु पर्ने बताएका छन् ।
काठमाडौँमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै विगतको जस्तो संविधान मिच्ने वा संसद बिघटन गर्ने कसरतबाट सजक हुनु पर्ने बताएका हुन् ।
यस्तै राजावादीहरुले जनतामा फैलिएको असन्तुष्टीलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमततर्फ लैजाने प्रयास सफल हुन नदिने उनको भनाइ थियो । प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्यु शैयामा हुँदा आफूलाई देशको जिम्मा दिएको स्मरण गर्ने बताए ।
उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्म समीक्षा गर्दै अघि बढ्ने बताए । आफू मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ जानकार रहेको उनको भनाइ थियो ।