प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडबढी रकम जम्मा-Sutra News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडबढी रकम जम्मा

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोड ११ लाख ६७ हजार ९५ रुपैयाँ रकम जम्मा भएको छ ।



गत असोजमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशैभर ठूलो जनधनको क्षति गरेपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । त्यसपछि कोषमा व्यक्ति, संघसंस्था र सरकारी निकायले रकम जम्मा गर्दै आएका छन् ।

अहिलेसम्म ९६ भन्दा बढी संघसंस्था तथा व्यक्तिले कोषमा रकम जम्मा गरेका छन् । ०८१ असार मसान्तसम्म कोषमा एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट