वृद्धाश्रममा आगलागी हुँदा १० जनाको मृत्यु-Sutra News

वृद्धाश्रममा आगलागी हुँदा १० जनाको मृत्यु

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौं। स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।



स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन । शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट