राइटपाथले ‘युके ग्राण्ड एडमिसन डे’को आयोजना गर्दै, के के छन् आकर्षण ?-Sutra News

राइटपाथले ‘युके ग्राण्ड एडमिसन डे’को आयोजना गर्दै, के के छन् आकर्षण ?

शुक्रबार, ३० कार्तिक २०८१

शुक्रबार, ३० कार्तिक २०८१

काठमाडौँ । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले ‘युके ग्राण्ड एडमिसन डे’ गर्ने भएको छ ।



देशका विभिन्न स्थानहरूमा ‘ग्राण्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपाथ करियर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्राण्ड एडमिसन डे’को आयोजना गर्न लागेको हो ।

युके जाने विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिलाई एकै छानामुनि भेटेर प्रत्यक्ष रुपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्ने छन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए ।

राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरको व्यवस्था गरेको छ । सिईओ डिसीका अनुसार युके ग्राण्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

साथै, एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्टह्याम्फरको पनि व्यवस्था गरिएको छ । छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तारगरि आफ्नो सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई युके सम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् । शैक्षिकमेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

के के छन् आकर्षण ?

– एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने
– विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने
– विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर
– भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने
– सहभागी हुने विद्यार्थीका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट
– अध्ययनपछि काम गर्ने अवसरबारे जान्न सकिने
– एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहारको व्यवस्था
– सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट