काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।