मेडिकल कलेजमा आगो लाग्दा १० नवजात शिशुको मृत्यु-Sutra News

मेडिकल कलेजमा आगो लाग्दा १० नवजात शिशुको मृत्यु

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौं। भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ । आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो । परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौडन थालेपछि भागदौड भएको थियो । अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो । दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए ।

झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन् । यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ । राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट