एक सातामै सुनको मूल्यमा भारी गिरावट-Sutra News

एक सातामै सुनको मूल्यमा भारी गिरावट

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । यसैबीच साताको अन्तिम कारोबारको दिन पछिल्लो शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ वृद्धि हुन पुग्यो ।



साताको पाँच कारोबार सुनको मूल्य गिरावट भए पनि अन्तिम कारोबारको दिन सामान्य वृद्धि भएको हो । योसँगै साताको पछिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

अघिल्लो साताको शुक्रबार अर्थात कातिक २३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो साताको तुलनामा ६ हजार ४०० रुपैयाँ बढी हो ।

यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो साताको शुक्रबार एक हजार ९८० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको एक हजार ९१० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट