काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीले सरकारको कर आतंक विरुद्ध सडक प्रदर्शन गरेको छ । शनिबार काठमाडौँमा सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको हो ।
एमालेले गर्न लागेको सडक प्रदर्शनको विरोध जनाउँदै आएका पार्टी अध्यक्ष शाहको पार्टीले जनतामाथि अनावश्यक कर थोपरिएको, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रणलगायतमा सरकार उदासीन रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन शान्ति वाटिकादेखि सुरु भएको थियो । प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए । जुलुस पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएको थियो ।