रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौ जना घाइते-Sutra News

रुकुम पश्चिममा बस दुर्घटना हुँदा नौ जना घाइते

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ रिठा भन्ने स्थानमा बस दुर्घटना भएको छ । घटनामा जना घाइते भएका छन् ।



काठमाडौँबाट रुकुम पश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो दुर्घटना भएको हो । घटनामा बस चालक धादिङका ३१ वर्षीय खड्कबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय भिमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ का ३१ वर्षीय प्रकाश गौतम, वडा नम्बर ११ का १७ वर्षीय गणेश रसाइली र दोलखाको भिमेश्वर नगरपालिका ७ बस्ने २६ वर्षीय प्रकाश मगराठी छन् ।

अन्य घाइतेमा जाजरकोटको नलगाड नगरपालिका ८ की ४५ वर्षीया भिमकुमारी चदारा, उनका १० वर्षीय छोरा मानबहादुर चदारा, जाजरकोट नलगाड नगरपालिका १२ का २५ वर्षीया सङ कुमारी विक र मोरङका २८ वर्षीय आका काफ्ले छन् ।

बस भेरी कोरिडोरबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नगर अस्पताल आठबिसकोट लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट