निर्वाचन आचारसंहिता लागु हुँदै, क-कसलाई लाग्छ आचारसंहिता ?-Sutra News

निर्वाचन आचारसंहिता लागु हुँदै, क-कसलाई लाग्छ आचारसंहिता ?

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनका निम्ति आइतबार (भोलि)देखि आचारसंहिता लागु हुने भएको छ ।उपचुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । भोलि नै मनोनयन दर्ता समेत रहेको छ ।



उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । “निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,” आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क-कसलाई लाग्छ आचारसंहिता ?
उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

यस्तै, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

यसैगरी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृसंगठन, उमेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उमेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट