रूसको प्रतिबन्धपछि अमेरिकाले बेहोर्दै संकट-Sutra News

रूसको प्रतिबन्धपछि अमेरिकाले बेहोर्दै संकट

शनिबार, १ मंसिर २०८१

शनिबार, १ मंसिर २०८१

काठमाडौँ । रुसले अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।



स्रोतका अनुसार प्रतिबन्ध अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थासँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् ।

प्राविधिक र निर्यात नियन्त्रणका लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ । युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानूनपछि यो कदम चालेको जनाइएको छ ।

अमेरिकी तथ्यांकअनुसार यस वर्ष रुसी युरेनियमको कूल खरिद ५७४ मिलियन डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट