काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवारको टुंगो लगाएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ४४ स्थानमध्ये एक जिसस प्रमुखसहित १० स्थानमा उम्मेदवार टुंगो लागेको हो । उनका अनुसार बाँकी स्थानको उम्मेदवार टुंगिने क्रममा रहेको छ ।
कांग्रेसले ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका ६ मा रामगोपाल वली, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदार, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका ६ मा तेतर साहलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै, ओखलढुंगा, जिसस प्रमुखमा टेकराज भट्टराई, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका १२ मा सञ्जीव काफ्ले र बेलका नगरपालिका ९ मा नवराज बस्नेत तथा गोरखाको गोरखा नगरपालिका ५ मा भाइकाजी आले उम्मेदवार बनेका छन् ।
कांग्रेसले काठमाडौँ उपत्यकासहित ३४ स्थानका उम्मेदवार टुंगो लगाउन बाँकी छ ।