काठमाडौं। मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको हो। उम्मेदवारी दर्ता भने भोलि आइतबार हुनेछ ।
डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस भएको थियो ।