काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज एक सय रुपैयाँले घटेको छ ।
शुक्रबार प्रति तोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबार एक सय रुपैँया घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने पाँच रुपैयाँ घटेको छ । यससंगै चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ३७ हजार एक सय ७५ रुपैँया र चाँदीको मूल्य १६३३.५० रुपैयाँ कायम भएको छ ।