काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता गराएको छ ।
एमालेले मेयरको उम्मेदवारमा डा. सुरेन्द्र मानन्धरलाई बनाएको छ । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले मनोनयन दिएका छन् । आगामी १६ गते हुने उपनिर्वाचनका लागि अहिले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ ।