जिसस ओखलढुङ्गाको प्रमुखमा कांग्रेसलाई एमालेको साथ-Sutra News

जिसस ओखलढुङ्गाको प्रमुखमा कांग्रेसलाई एमालेको साथ

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको निधन भएसँगै रिक्त रहेको पदमा एमालेले सत्ता साझेदारी दल नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको हो ।



कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्ता गठबन्धन दल कांग्रेस र एमालेको जिल्ला स्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् ।

जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसको तर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने भएका छन् । आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट