साताको पहिलो दिन सेयर कारोबार सकारात्मक-Sutra News

साताको पहिलो दिन सेयर कारोबार सकारात्मक

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौं। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । योसंगै साताको पहिलो दिन कारोबार सकारात्मक देखिएको छ । आइतबार ४.९८ अंकले नेप्से बढेर २७५३.७६ विन्दुमा पुगेको छ ।



नेप्से झिनो अंकले बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार भएको छ ।

आज १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२६ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार २५२ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट