चुनाव छाडेर रविको पक्षमा आन्दोलन चर्काउँदै रास्वपा-Sutra News

चुनाव छाडेर रविको पक्षमा आन्दोलन चर्काउँदै रास्वपा

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । स्थानिय तह उपनिर्वाचनको आज उम्मेदवारी दर्ता गर्ने दिन भएता पनि चुनावको कुनै प्रवाह नराखि रास्वपा पार्टी सभापति रवि लामिछानेको पक्षमा आन्दोलन चर्काउन व्यस्त रहेको छ ।



उम्मेदवारी दर्ता गर्ने समय ५ बजेसम्म रहेकोमा हालसम्म पनि रास्वपाले कुनै पनि स्थानमा उम्मेदवारी दर्ता गराउन सकेको छैन् ।

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे । मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट