घोराही सिमेण्टको ‘ढलाई मिक्स पीपीसी सिमेण्ट’ बजारमा-Sutra News

घोराही सिमेण्टको ‘ढलाई मिक्स पीपीसी सिमेण्ट’ बजारमा

आइतबार, २ मंसिर २०८१

आइतबार, २ मंसिर २०८१

काठमाडौँ । नेपालको सिमेण्ट उत्पादन क्षेत्रमा घोराही सिमेण्ट इन्डस्ट्री अग्रणी नाम हो । हालै घोराही सिमेण्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पी.पी.सी सिमेण्ट’ बजारमा ल्याएको छ ।



नेपाली बजारमा यस प्रकारको सिमेण्ट पहिलो पटक ल्याउनुको साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

यस सिमेण्टले व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ ।

यस सिमेण्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ ।

गुणस्तरमा सम्झौता गर्नु पर्ने आर्थिक बाध्यता र निर्माणसम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेण्ट इन्डस्ट्रीले यो सिमेण्टलाई बजारमा ल्याएको छ ।

घोराही सिमेण्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

सन् २००९ मा स्थापना भएको उद्योगले सगरमाथा सिमेण्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिसी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

बलियो दूरदृष्टि र नेतृत्वका साथ कम्पनीले विगत डेढ दशकमा स्थानीय बजारमा आफ्नो बजार तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट