काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज शेयर बजार बन्द रहने जानकारी गराएको छ । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेसंगै शेयर बजार पनि बन्द हुने भएको हो ।
नेप्सेले एउटा सूचना निकालेर शेयर बजार बन्द रहने जानकारी गराएको हो । मन्त्रिपरिषदको आज बसेको बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारको सोही निर्णयबमोजिम आज धितोपत्रको कारोबार नहुने नेप्सेले जनाएको छ । सरकारले आज बिहानमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेपछि शेयर बजारका लगानीकर्तामा बजार खुल्ने वा नखुल्ने भन्नेबारे अन्यौलता सिर्जना भएको थियो ।
सोही कारण पनि नेप्सेले सूचना जारी गरेर आज अर्थात सोमवार शेयर बजार बन्द रहने जानकारी गराएको हो ।